भाद्र ८, २०८३ सोमबार August 24, 2026

मिर्गौला किनबेचमा संलग्न निदान अस्पतालाका सीईओसहित पाँच जना जेल चलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निदान अस्पतालमा सीईयोसहित पाँच जनालाई जेल चलान गरिएको छ।

मिर्गौला किनबेचमा संलग्न भएको अभियोग लागेका निदान अस्पतालका सीईओ विपेन्द्र प्रधान, डाक्टर राजेश पन्तसहित पाँच जनालाई मंगलबार जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको हो।

त्यस्तै कानूनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरलाल लामालाई पनि पुर्पक्षका लागि जेल चलान गर्न अदालतले आदेश गरेको हो।

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मृगौला किनेर प्रत्यारोपण गरेको घटनामा संलग्न भन्दै उनीहरूलाई पक्राउ गरेको थियो। मिर्गौला लेनदेनमा आर्थिक चलखेल गरेको र नक्कली व्यक्ति खडा गरी मृगौला प्रत्यारोपण गरेको प्रमाणित भएपछि उनीहरुलाई थुनामा पठाइएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार