कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

मिर्गौला किनबेचमा संलग्न निदान अस्पतालाका सीईओसहित पाँच जना जेल चलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । निदान अस्पतालमा सीईयोसहित पाँच जनालाई जेल चलान गरिएको छ।

मिर्गौला किनबेचमा संलग्न भएको अभियोग लागेका निदान अस्पतालका सीईओ विपेन्द्र प्रधान, डाक्टर राजेश पन्तसहित पाँच जनालाई मंगलबार जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको हो।

त्यस्तै कानूनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरलाल लामालाई पनि पुर्पक्षका लागि जेल चलान गर्न अदालतले आदेश गरेको हो।

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मृगौला किनेर प्रत्यारोपण गरेको घटनामा संलग्न भन्दै उनीहरूलाई पक्राउ गरेको थियो। मिर्गौला लेनदेनमा आर्थिक चलखेल गरेको र नक्कली व्यक्ति खडा गरी मृगौला प्रत्यारोपण गरेको प्रमाणित भएपछि उनीहरुलाई थुनामा पठाइएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार