श्रावण २६, २०८३ मंगलबार August 11, 2026

रातो हाब्रे तस्करी : सोलुखुम्बुबाट थप दुई पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् ।

उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । गत आइतबार महाकुलुङबाट सातवटा रातो हाब्रेको छाला र पाँचवटा पासोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको शिकारमा संलग्न भएको आशङ्कामा पक्राउ परेकाहरुकै बयानका आधारमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्लाको माप्य दूधकोशी गाउँपालिका–७ बाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीयवासी २७ वर्षीय दिलकुमार राईलाई शनिबार जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शिकार खेल्न गएको भन्ने सूचनाका आधारमा वाकु प्रहरी चौकीका प्रहरी हबल्दार मनोजकुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिनुभयो ।

उनको साथबाट प्रहरीले बन्दुकमा प्रयोग हुने २६ थान सलाई, १०० ग्राम बारुद, १५० ग्राम फलामको किटलगायतका सामग्री बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा भाग्न खोज्दा उनको दाहिने हातमा चोट लागेको छ । राईलाई उपचारका लागि आइतबार मिसन अस्पताल ओखलढुङ्गा पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार
प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
२०८३ श्रावण २६, मंगलबार