असार २३, २०८२ सोमबार July 7, 2025

नेपालले बंगलादेशलाई २-१ ले हराँउदै थ्री नेसन्स कपको उपाधि जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दशरथ रंगशालामा आज सम्पन्न भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराएर थ्री नेसन्स कपको उपाधि हात पारेको छ । उपाधिका लागी नेपालका खेलाडी सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक-एक गोल गरेका थिए ।

नेपाली भूमिमा नेपालले जितेको यो फुटबलको दोस्रो उपाधि मात्र हो । यसअघि सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुषतर्फ स्वर्ण जितेको थियो र यसको ३७ वर्षपछि अर्को उपाधि जित्न सफल भएको हो । यो जीतसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पाँचौं उपाधि हात पारेको हो ।

नेपालले सन् १९८४ को दक्षिण एसियाली खेलकुदसँग सन् १९९३ मा यही प्रतियोगितामा स्वर्ण जितेको थियो । त्यसपछि सन् २०१६ मा नेपालले बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटीकप जितेको थियो ।

फाइनलको पहिलो हाफमा बंगलादेशमाथि लगातार आक्रमण बुनेको नेपालले १८ औं मिनेटमा गोल गरेको हो । सुनिल बलको कर्नर बंगलादेशको डिफेन्सले राम्रोसँग क्लियर गर्न नसकेपछि सन्जोगले गरेको प्रहार प्रतिद्वन्द्वी खेलाडीलाई छल्दै गोलमा परिणत भएको थियो । यो सन्जोगको पहिलो व्यक्तिगत अन्तर्राष्ट्रिय गोल हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया