काठमाण्डौंः वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ बर्षको उमेरमा सोमबार साँझ निधन भएको छ । मानन्धरको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
२००९ सालमा रौतहटको किसान आन्दोलनमा नेता मानन्धर विक्रम सम्वत् १९८९ मा जन्मिएका हुन् । उनी २९ वर्षसम्म नेकपा (संयुक्त) को महासचिव थिए । २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका मानन्धरले नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए ।
उनको दाहसंस्कार मंगलबार बिहान ८ बजे पशुपति आर्यघाटमा परिवारले जनाएको छ । मानन्धरका एक छोरा र तीन छोरी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया