मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सर्वोच्चको फैसला पुनरावलोकन हुने विश्वास : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्चको फैसला पुनरावलोकन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलामाथि पुनरावलोकन निवेदन दिएलगत्तै आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले उक्त फैसला अप्राकृतिक, अस्वाभाविक र राजनीतिक प्रकृतिको भएकोले पुनरावलोकन मार्फत सच्चिने विश्वस्त रहेको बताउनुभयो । उहाँले सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएर पार्टीहरूको आन्तरिक एकता भत्काउन राजनीतिक फैसला गरेकाले यसअघिका यस्तै प्रकृतिका फैसला पुनरावलोकन भएको भन्दै यो फैसला पनि सच्चिने टिप्पणी गर्नुभयो ।

पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, बर्षमान पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, जनार्दन शर्मालगायत सर्वोच्च अदालत पुग्नुभएको थियो ।नेपाल कम्युनिष्ट पार्टी नाम कसको हुने भन्ने मुद्दाको फैसला गर्दै फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताइदिएका थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार