जेठ २३, २०८३ शनिबार June 6, 2026

युवा संघले टुंग्यायो जिल्ला नेतृत्व (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व टुंगो लगाएको छ ।

७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन गरेको युवा संघले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गरेको छ ।

यसअघि १६ कात्तिकमा जिल्लाहरु साविक वाईसीएल वा साविक युवा संघ कसको भागमा रहने भनेर टुंगो लगाइए पनि संयोजक र सहसंयोजक तोकिएको थिएन ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्ला संयोजक पाएका छन् । त्यस्तै, वाईसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघले ३५ जिल्ला इञ्चार्ज पाएका छन् ।

हेर्नुहोस् जिल्ला संयोजक र सहसंयोजकहरुको नामावली

यद्यपि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्न बाँकी छ । ‘पर्सिको बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्ज पनि तोक्छ, त्यसपछि हाम्रो एकता प्रक्रिया औपचारिक रुपमा सकिन्छ,’ युवासंघ अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले भने ।

युवा संघको केन्द्रीय कमिटी ३३५ सदस्यीय छ । केन्द्रीय कमिटीका सदस्यहरुको शपथ ग्रहण तथा बैठक यही कात्तिक ३० गते बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा हुनेछ । त्यसैगरी मंसिर १ गते राष्ट्रिय भेला हुनेछ ।

भेलामा जिल्ला संयोजक-सहसंयोजकका साथै एक जिल्ला बराबर दुई जना महिला र केन्द्रीय सदस्यहरुलाई सहभागी गराइने युवासंघ अध्यक्ष दीपशिखाले जानकारी दिए । भेलालाई नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार