कार्तिक १४, २०८३ शनिबार October 31, 2026

युवा संघले टुंग्यायो जिल्ला नेतृत्व (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व टुंगो लगाएको छ ।

७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन गरेको युवा संघले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गरेको छ ।

यसअघि १६ कात्तिकमा जिल्लाहरु साविक वाईसीएल वा साविक युवा संघ कसको भागमा रहने भनेर टुंगो लगाइए पनि संयोजक र सहसंयोजक तोकिएको थिएन ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्ला संयोजक पाएका छन् । त्यस्तै, वाईसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघले ३५ जिल्ला इञ्चार्ज पाएका छन् ।

हेर्नुहोस् जिल्ला संयोजक र सहसंयोजकहरुको नामावली

यद्यपि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्न बाँकी छ । ‘पर्सिको बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्ज पनि तोक्छ, त्यसपछि हाम्रो एकता प्रक्रिया औपचारिक रुपमा सकिन्छ,’ युवासंघ अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले भने ।

युवा संघको केन्द्रीय कमिटी ३३५ सदस्यीय छ । केन्द्रीय कमिटीका सदस्यहरुको शपथ ग्रहण तथा बैठक यही कात्तिक ३० गते बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा हुनेछ । त्यसैगरी मंसिर १ गते राष्ट्रिय भेला हुनेछ ।

भेलामा जिल्ला संयोजक-सहसंयोजकका साथै एक जिल्ला बराबर दुई जना महिला र केन्द्रीय सदस्यहरुलाई सहभागी गराइने युवासंघ अध्यक्ष दीपशिखाले जानकारी दिए । भेलालाई नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार
पूर्वाधार पूरा नहुँदै स्वास्थ्य संस्था उद्घाटन गर्न खोजेपछि बारामा झडप, एक युवा घाइते, १० वटा बाइक खरानी
२०८३ कार्तिक १४, शनिबार
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ‘
२०८३ कार्तिक १४, शनिबार
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
२०८३ कार्तिक १४, शनिबार
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार