श्रावण २६, २०८३ मंगलबार August 11, 2026

६३ वर्षीया साैतेनी आमा बलात्कार गर्नेलाई जन्मकैद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सौतेनी आमालाई बलात्कार गर्ने २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते उनलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए।

विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी ६३ वर्षीया साैतेनी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए। भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।पीडितको भदौ ८ गते नै इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।

आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया