असोज १२, २०८३ सोमबार September 28, 2026

लोकप्रिय गेम पब्जीको लाइट भसर्न अप्रिल २९ देखि बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः युवा पुस्तामाझ लोकप्रिय मोबाइल गेम पब्जी विभिन्न भर्सनमा सार्वजनिक भएको छ । त्यमध्ये लाइट भर्सनको पब्जी यही अप्रिल २९ देखि बन्द हुने भएको छ । लो रेन्जका स्मार्टफोनका प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको पब्जी लाइट फ्रि–टु–प्ले भर्सन बन्द हुने भएको हो ।

कम्पनीको यो निर्णयसँगै अब लाइट भर्सनको पब्जी डाउनलोडको सुविधा उपलब्ध हुने छैन । यसअघि माबोइलमा उपलब्ध लाइट भर्सनका लागि नयाँ अपडेट पनि उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

कम्पनीले लाइट भसर्न किन बन्द गर्न लागेको भन्ने विषमा केही बोलेको छैन । तर, कम्पनीले लाइट भर्सनका प्रयोगकर्तालाई आभार व्यक्त गर्दै भनेको छ, ‘हामी पब्जी लाइटमा प्रयोगकर्ताले देखाएको यति धेरै लगाव र सहयोगको लागि अभारी छौं । कोभिड १९ को समयमा जारी गरिएको यो भर्सनले प्रयोगकर्तालाई घरमा बसेर रमाइलो गर्दै सुरक्षित रहन पक्कै मद्दत गर्‍यो होला ।’

कम्पनीले अघि भनेको छ, ‘दुर्भाग्यवश हामीले लाइट भर्सनलाई बन्द गर्ने निर्णय गरेका छौ । अफसोचका साथ हामीले भन्नुपरेको छ, यो आउँदो २९ तारिखदेखि बन्द हुनेछ ।’टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार