वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

भूकम्प प्रभावित ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना प्रमुख तुलाराज चौलागाईले हालसम्म २२ वटा दुई कोठे, नौ वटा तीन कोठे र २५ वटा चार कोठे भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

“चालू आर्थिक वर्ष २०७७÷७८ मा ३७ वटा चार कोठे, तीन वटा तीन कोठे, १० वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन्”, उहाँले भन्नुभयो, “२२ वटा शौचालय र दुई वटा खानेपानी आयोजनाको निर्माण सकिएको छ । २८ शौचालय र २५ खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् ।” उहाँका अनुसार कक्षाकोठा भवन पुनःनिर्माणमा रु २८ करोड ७४ लाख ६५ हजार १५३ खर्च भएको छ । यसैगरी शौचालयमा रु तीन करोड ६४ लाख, ६१ हजार ९२ र खानेपानी आयोजना निर्माणमा रु ५७ लाख ५० हजार ८२० खर्च भएको छ ।

भूकम्पले क्षति पुगेका १०५ विद्यालयका ३४४ कक्षाकोठामध्ये १७१ को निर्माण सम्पन्न भइसकेका छन् भने १७३ कक्षाकोठाको निर्माण अन्तिम चरणमा पुगेका छन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका रितुङ माबी, रघुगङ्गा–८, घ्याँसीखर्कका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले बताउनुभयो ।

प्राधिकरणले चार कोठे भवनलाई रु ७० लाख ४० हजार, तीन कोठेलाई रु ३५ लाख ८० हजार, दुई कोठेलाई रु २३ लाख ९० हजार, शौचालयलाई रु १५ लाख र खानेपानी आयोजनालाई रु सात लाख ४० हजारका दरले अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकम कर र आयोजना व्यवस्थापन खर्चसहित अधिकतम हो ।

टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुनेगरी लागत अनुमान तयार पारिएको छ । वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउँदा भवन निर्माण गरेको तीन महीनासम्म पनि भुक्तानी नपाएको कैलाश मावि दोवाका प्रअ शीरबहादुर गर्बुजाले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिअन्तर्गत उपभोक्ता समितिमार्फत भवन निर्माण योजना कार्यान्वयन गर्ने कार्यविधि छ । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग, उपभोक्ता समितिले गर्नुपर्ने काम ठेकेदारलाई दिने र ढिलासुस्ती मुख्य विद्यालय भवन पुनःनिर्माणमा देखिएका चुनौती हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
२०८१ वैशाख १४, शुक्रबार
खेल क्षेत्रको बजेट बढाउन जरुरी : डा. महत
२०८१ वैशाख १४, शुक्रबार
हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने : मन्त्री भण्डारी
२०८१ वैशाख १४, शुक्रबार
जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १४, शुक्रबार
६४ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविकाको छैन स्वास्थ्य बिमा
२०८१ वैशाख १४, शुक्रबार
सरकारको एक्लो प्रयासले मात्रै देशको आर्थिक अवस्थामा सुधार आउन सक्दैन : मन्त्री शर्मा
२०८१ वैशाख १४, शुक्रबार
भोजपुर गोल्डकप : फाइनलमा चर्च ब्वाइज र त्रिभुवन आर्मी भिडने
२०८१ वैशाख १४, शुक्रबार