असोज १२, २०८३ सोमबार September 28, 2026

यसरी राख्नुहोस् गुगल म्यापमा आफ्नो घर, कार्यालय वा पसलको लोकेसन (तरिका सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अहिलेको समयमा कुनै सेवा वा सामान चाहिएको अवस्थामा गुगलमा सर्च गरेर खोज्ने प्रयोगकर्ताको संख्या निकै धेरै भइसकेको छ । यस्तोमा कार्यालय, सार्वजनिक निकाय, पसल, व्यवसायदेखि सबैका लागि गुगल म्यापको उपस्थिति अनिवार्य जस्तै भइसकेको छ ।

यतिसम्म कि अब त हुलाक सेवाका लागि समेत गुगलको लोकेसन आधिकारिक रुपमा प्रयोगमा आइसकेको छ । कतिपय पटक यस्तो हुन्छ कि, गुगल म्यापमा कुनै एड्रेस सर्च गर्दा फेला पर्दैन ।

यस्तोमा कुनै बेला साथीभाइ वा आफन्तलाई आफ्नो एड्रेस दिन पनि मुश्किल पर्न जान्छ । यदि तपाईं पनि यसैगरी अभावको सामना गरिरहनु भएको छ भने आज हामी तपाईंलाई आफ्नो कार्यालय, पसल वा उपलब्ध नभएका स्थानको लोकेसन गुगल म्यापमा कसरी थप गर्ने भन्ने बारेमा सजिलो तरिका बताउँदै छौं ।

गुगल म्यापमा कसरी थप्ने नयाँ लोकेसन ?

१. यसका लागि गुगल म्याप खोल्नुहोस् र तल अन्तिममा रहेको अपडेट अगाडिको Contribute मा थिच्नुहोस् ।

२. अब दोस्रो अप्सन Add Place लेखिएको स्थानमा दबाउनुहोस् ।

३. यति गरेसँगै एउटा फर्म जस्तो पेज खुल्नेछ । त्यसमा स्थानको नाम लेखेर त्यसका लागि सुहाउँदो क्याटेगरी छनौट गर्नुहोस् ।

४. अब लोकेसन लेखिएको स्थानमा आफूले थप गर्न चाहेको स्थानको ठेगाना टाइप गर्नुहोस् ।

५. यति गरिसकेपछि त्यसको मुनी रहेको अपडेट लोकेसन अन म्यापमा थिच्नुहोस् ।

६. अब एउटा म्याप खुल्नेछ । लोकेसन म्यापलाई दायाँ-बायाँ र तलमाथि गर्दै आफूले थप गर्न चाहेको स्थानमा लोकेसन आइकनलाई पुर्‍याउनुहोस् अथवा तपाईं सम्बन्धित स्थानमै हुनुहुन्छ भने जीपीएस आइकनमा थिच्नुहोस् ।

७. यति गरेसँगै माथि दायाँ कुनामा देखिएको OK बटनमा क्लिक गर्नुहोस् ।

८. अब त्यसको मुनी उपलब्ध भएसम्म फोन नम्बर, खुल्ने समय, वेबसाइट, खुलेको समय र त्यससँग सम्बन्धित तस्वीरहरु राख्नुहोस् र अगाडि बढ्नुहोस् ।

९. ख्याल गर्नुहोस्, तपाईंले गुगलमा थप गरेको लोकेसन कम्पनीले पुष्टी गर्नेछ र त्यसपछि मात्र गुगल म्यापमा तपाईंले थप गरेको नयाँ स्थान देखिनेछ । यसका लागि २४ घण्टादेखि ४८ घण्टासम्मको समय लाग्न सक्छ । -टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार