काठमाण्डौंः पोखरामा जारी आहा रारा गोल्डकप फूटबलमा आज थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा आज थ्रीस्टार र पुलिसले प्रतिस्पर्धा गर्न लागेका छन् ।
यसअघि पहिलो खेलमा आयोजक सहारा क्लबलाई १–० ले हराउँदै एपीएफ क्लब, दोस्रो खेलमा मछिन्द्र फूटबल क्लबलाई २–१ ले हराउँदै अफ्रिकन रुट एसोसियसन र साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराउँदै संकटा क्लबले सेमिफाइनलमा स्थान पक्का पारिसकेका छन् ।
पोखरा रंगशालामा हुने खेल दिउँसो साढे दुई बजे शुरु हुनेछ । प्रतियोगितामा एक विदेशीसहित ८ टोली सहभागी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया