असार २३, २०८२ सोमबार July 7, 2025

इटालियन सिरी ‘ए’ कप -युभेन्टसले नेपोलीलाई २-१ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इटालियन सिरी ‘ए’ मा युभेन्टसले नेपोलीमाथि जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले नेपोलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसलाई जित दिलाउनको लागि सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे । नेपोलीको लागि लोरेन्जो इन्सिग्ने गोल गरे ।

खेलको १३ औं मिनेटमौ रोनाल्डोले गोल गर्दै युभेन्टसले अग्रता दिलाएको थिए । उनले चिएसाको पासमा गोल गरेका थिए । ७३ औं मिनेटमा बेन्टान्चुरको पासमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिबालाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

खेलको अन्तिम मिनेटमा लोरेन्जो इन्सिग्ने पेनाल्टीमा गोल गर्दै नेपोलीलाई २–१ गोलको स्थितिमा ल्याएका थिए । तर बाँकी समयमा थप गोल नहुँदा युभेन्टस २–१ गोलले विजयी भयो ।

जितसँगै युभेन्टसले २९ खेलबाट ५९ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित नेपोली समान खेलबाट ५६ अङ्क जोड्दै पाँचौ स्थानमा रहेको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया