श्रावण १२, २०८१ शनिबार July 27, 2024

नेविसंघको आरोप : सरकार सिमा मिचिदा पनि कानमा तेल हालेर बसे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचिदा पनि सरकार निदाएको भन्दै राजधानीको नेपालटारमा शुक्रबार बिरोध प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पस समितिका अध्यक्ष परोपकार अधिकारीको नेतृत्वमा भएको बिरोध र्‍याली नेपालटारबाट सुरु भएर बाइपास, माछापोखरी हुँदै पुन नेपालटारमा गएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाह, नेपाल विद्यार्थी संघ नेपाल राष्ट्रिय क्याम्पसका नेता शुशान्त सिटौला, ग्रामीण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना, राजेन्द्र फुयाल, दिपेन्द्र ढकाल र चन्द्र रावतलगायतले सम्बोधन गरेका थिए।

कोणसभालाई सम्बोधन गर्ने नेपाल विद्यार्थी संघका नेताहरूले सरकार सिमा मिचिदा पनि कानमा तेल हालेर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

बिरोध र्‍यालीमा सयौं विद्यार्थीहरुले सहभागी जनाएर सरकार तिमी मौन किन भन्दै प्रश्न गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार