जेठ २३, २०८३ शनिबार June 6, 2026

नेविसंघको आरोप : सरकार सिमा मिचिदा पनि कानमा तेल हालेर बसे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचिदा पनि सरकार निदाएको भन्दै राजधानीको नेपालटारमा शुक्रबार बिरोध प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पस समितिका अध्यक्ष परोपकार अधिकारीको नेतृत्वमा भएको बिरोध र्‍याली नेपालटारबाट सुरु भएर बाइपास, माछापोखरी हुँदै पुन नेपालटारमा गएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाह, नेपाल विद्यार्थी संघ नेपाल राष्ट्रिय क्याम्पसका नेता शुशान्त सिटौला, ग्रामीण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना, राजेन्द्र फुयाल, दिपेन्द्र ढकाल र चन्द्र रावतलगायतले सम्बोधन गरेका थिए।

कोणसभालाई सम्बोधन गर्ने नेपाल विद्यार्थी संघका नेताहरूले सरकार सिमा मिचिदा पनि कानमा तेल हालेर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

बिरोध र्‍यालीमा सयौं विद्यार्थीहरुले सहभागी जनाएर सरकार तिमी मौन किन भन्दै प्रश्न गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार