असार २३, २०८२ सोमबार July 7, 2025

विराट गोल्ड कप : आयोजक विराटनगर महानगरपालिका-११ सेमिफाइनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विराटनगरमा जारी रात्रिकालीन विराट गोल्ड कप फुटबल प्रतियोगितामा आयोजक विराटनगर महानगरपालिका–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार भएको तेश्रो दिनको खेलमा भारतको सिलिगुरी युनाइटेड क्लबलाई ३–० ले पराजित गर्दै विराटनगर महानगरपालिका–११ सेमिफाइनलमा पुगेको हो ।

विराटनगर महानगरपालिका–११ का सुनिल खड्काले पहिलो हाफको ३२ मिनेटमा एक गोल गरेर अग्रता दिलाएका थिए । त्यस्तै, ८४ औं मिनेटमा विराटनगरकै प्रकाश बुढाथोकीले थप एक गोल गरी विराटनगरको जित सुनिश्चित गरेका थिए ।

पुनः ८४औं मिनेटमा नै सुनिल खड्काले दोश्रो गोल गरी विराटनगर महानगरपालिका ११ लाई ३–० को अग्रता दिएका थिए ।

विराटनगर महानगरपालिका–११ का सुनिल खड्का म्यान अफ द म्याच घोषित हुदै १० हजार नगद हात पारेका छन् । आइतबारको खेल मच्छिन्द्र क्लब काठमाडौं र भारतको पञ्जाब पुलिस क्लबबीच हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया