काठमाण्डौंः ताप्लेजुङको तीन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता खेल आज सम्पन्न भएको छ ।
फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा छनोट प्रतियोगिता सम्पन्न भएको खेलकूद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार हरेक पालिकाबाट भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो खेलका लागि दुई–दुईवटा विद्यालय छनोट भएका छन् ।
छनोट प्रतियोगिता जारी रहेको बाँकी छवटा पालिकाको खेल यही चैत ३० गते सम्पन्न हुने पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लास्तरीय प्रतियोगिता भने आगामी वैशाख २ गतेदेखि भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुनेसमेत उहाँले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया