माघ १६, २०७९ सोमबार January 30, 2023

म्युजिक नेपालद्वारा चार स्रष्टालाई सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । म्यूजिक नेपालले ३६ औं वार्षीक उत्सवको अवसरमा चार स्रष्टालाई सम्मान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा र किरण खरेलका साथै वरिष्ठ संगीतकार दीपक जंगम र सम्भुजित बाँस्कोटा सम्मानित भएका हुन् ।

सांगितिक क्षेत्रमा दशकौंदेखि योगदान पुर्याउँदै आएका स्रष्टालाई जनही ५० हजार रुपैयाँसहित म्यूजिक नेपाल २०७६ सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा गीतकार एस्पी कोइराला र संगीतकार आलोकश्रीको गीति एल्बम समय लोकार्पण गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया