काठमाडाैंः नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने भनिएको योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अनिश्चितकालका लागि स्थगित भएको छ ।
कोरोना महामारी पुनः बढेसंगै नेपालमा पनि कोरोनाका बिरामीहरुको संख्यामा वृद्धि भईरहेको अवस्थालाई उच्च जोखिम मध्य नजर राख्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सुचना अनुसार अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको संघले जनाएको छ ।
साथै खेलाडी सम्मानलाई पनि सोहि समयमा गरिने जानकारी गराएको छ । यस अघि चैत्र १५ गते देखि आयोजना गर्ने भनिएको प्रतियोगिता बैशाख ४ देखि ८ सम्मका लागि सारिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया