काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको तेस्रोपटक डायलाइसिस गरिने भएको छ ।
राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ । त्यसका लागि प्रधानमन्त्री ओली अहिले ग्राण्डी अस्पताल पुगेका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर उनको मृर्गौलाको पछिल्लो समय समस्या देखिएको छ ।
प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।
पछिल्लोपटक उनको डायलाइसिस थालिएको छ । डायलासिसले नभएमा पुनः मृर्गौला नै प्रत्यारोपण गराउने विषयमा पनि चिकित्सकहरूले छलफल गरिरहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया