मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

शिक्षण संस्था एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : स्वास्थ्य मन्त्रालयले काठमाण्डौं राजधानी उपत्यकासहित देशका ठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मंगलबार पत्रकारसँग कुरा गर्दै संक्रमणको जोखिम बढ्दै गएपछि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठनपाठनको व्यवस्था मिलाउन सिफारिस गरेको बताएका हुन् ।

‘पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएको छ’, मन्त्री त्रिपाठीले भने, ‘विद्यालय उमेरका बालबालिकामासमेत संक्रमण धेरै देखिन थालेको छ । त्यसको रोकथाम तथा नियन्त्रणका निम्ति यस्तो प्रस्ताव अगाडि बढाइएको हो ।’

मन्त्रालयले तत्कालका लागि अनलाइन माध्यमबाट पठनपाठनको व्यवस्था गर्नेगरी विद्यालय बन्द गर्न सिफारिस गरेको हो । पछिल्लो समय विद्यार्थी र शिक्षकामा  संक्रमण बढी देखिएको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो । जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र विद्यालयका गतिविधि सञ्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गर्दै आएको छ ।

निजी विद्यालय सञ्चालकले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्छु भनेर जोखिम मोलेको भन्दै सरकारले ठूला र संक्रमण बढ्दै गएका सहरमा विद्यालय एक महिना बन्द गर्ने तयारी गरेको हो । बालबालिकामा संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै विद्यालय सञ्चालन गर्नु गलत भएको विश्लेषण मन्त्रालयले गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार