मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

चुरे संरक्षणमा अमूल्य योगदान दिनुस्ः मन्त्री आले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले राष्ट्रपति चुरे–तराई–मधेश संरक्षणमा विशेष योगदान दिन आग्रह गरेका छन् ।

आज मन्न्त्रालयमा आयोजित राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई स्वागत गर्दै उनले पछिल्लो समय चुरे क्षेत्रमा विभिन्न काम तथा गतिविधिले दोहन भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबै पदाधिकारीले अग्रहसर रहनुपर्ने बताए । उनले भने, “सम्माननीय राष्ट्रपतिको नामबाट चुरे संरक्षणका लागि विभिन्न काम शुरु भएको भए पनि पछिल्लो समय चुरे दोहन भएको पाइएको छ, नवनियुक्त पदाधिकारीले चुरे दोहन रोक्न भरमज्दूर प्रयास गर्नु होला ।”

चुरे संरक्षण तथा दोहन रोक्नका लागि राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति तथा पदाधिकारीलाई मन्त्रालय तथा आफ्नो व्यक्तिगत तर्फबाट पूर्ण सहयोग हुनेसमेत मन्त्री आलेले जानकारी गराए । चुरे संरक्षण गर्न नसकिएका कारण अहिले चुरेमा भएका जङ्गल तथा ढुङ्गा, गिट्टी, बालुवा जथाभावी उत्खनन भई पहिरो जाने गरेको र आगलागीले जङ्गलनै सखाप भइरहेकाले सो कार्य तत्काल रोक्नसमेत मन्त्री आलेले नवनियुक्त भएका पदाधिकारीलाई आग्रह गरे ।

उनले भने, “चुरे संरक्षणका लागि करोडौँ बजेट विनियोजन भइरहेको छ, संरक्षण गर्न नसकिँदा वर्षेनी चुरे विनाश हुँदै गइरहेको छ, चुरे संरक्षण गर्नु हामी सबैको प्रमुख दायित्व हुने छ ।” सो अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण चुरे संरक्षण पछिल्लो समय चुनौतीपूर्ण बन्दै गएको बताए । उनले भने, “चुरे दोहनसँगै वन विनाश हुँदै गएको र पानीका मुहानसमेत सुक्न थालेका कारण समस्या उत्पन्न भएको छ, चुरे संरक्षणका लागि मन्त्रालयले थप के भूमिका खेल्नु पर्छ हामी तयार छौँ, तपाईहरू पनि लाग्नुस् ।” सरकारले केही दिन पहिले राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको अध्यक्षसहित पदाधिकारीको नियुक्ती गरेको थियो ।

सरकारले नियुक्त गरेका पदाधिकारीमा आज मन्त्रालयमा अध्यक्ष डा किरण पौडेल सदस्य कमला ओली, सशीकुमार शर्मा, डा सुस्मिता ढकाल तथा भेषराज आचार्यलाई स्वागत तथा नियुक्ति पत्र प्रदान गरिएको हो । अध्यक्ष पौडेल वन क्षेत्रका विज्ञ हुन् । चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई–मधेशको जमीन मरुभूमिमा परिणत हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणका लागि विकास समिति गठन गरेको थियो । आफ्नो पूरै कार्यकाल चुरे संरक्षणका लागि बिताउने नवनियुक्त पदाधिकारीले प्रतिबद्धता जाहेर गरेका छन् । नवनियुक्त पदाधिकारीले आजै आफ्नो कार्यभारसमेत सम्हालेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार