मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्पेनमा भएको लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।

उहाँ स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलनका लागि गत चैत २३ गते १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

उहाँले सम्मेलन गौतम बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्यले भएकाले निकै उपलब्धिमूलक भएको जानकारी दिनुभयो । शान्ति सम्मेलन लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्रान्त र सोही प्रान्तको काथेरेस नगरपालिकाको संयुक्त आयोजनामा भएको थियो ।

सम्मेलनका क्रममा अध्यक्ष तिमिल्सिनले विभिन्न उच्चस्तरीय भेटघाटसमेत गर्नुभएको उहाँका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले शान्ति सम्मेलनको उद्घाटन गर्नुका साथै सम्मेलनको दोस्रो दिन स्पेनको ऐतिहासिक क्याथेरेस नगरपालिकामा भएको कार्यक्रममा नेपालमा शान्ति र लोकतन्त्रको विकासबारे आफ्नो अनुभवसहितको सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै उहाँले स्पेनको माथिल्लो सदन (सिनेट) का अध्यक्ष पिलर लप क्विनका, स्पेनका उपप्रधानमन्त्री कार्वेन कल्भो, एक्सत्रेमदुरा प्रान्तका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, सांसदलगायत विशिष्ट व्यक्तिसँग भेटघाट गर्नुभएको थियो । अध्यक्ष तिमिल्सिनाको स्वागतमा स्पेनमा रहेका गैरआवसीय नेपाली सङ्घ, उहाँको गृहजिल्ला पर्वतबाट स्पेनमा बसोबास गर्ने नागरिकसम्बद्ध सङ्घ–संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेको प्रेस विज्ञ पौडेलले जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, देवदह नगरपालिका प्रमुख हीराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्ट, स्पेनका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्य सहभागी हुनुहुन्थ्यो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार