असार २३, २०८२ सोमबार July 7, 2025

लिभरपुल रियलसँग ३-१ गोलले पराजित हुँदै च्यम्पियन्स लिगबाट बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग गोलरहित बराबरी खेले पनि सम्रग गोलका आधारमा पराजित भएको हो ।

लिभरपुल रियलसँग समग्रमा ३–१ गोलले पराजित हुँदै च्यम्पियन्स लिगबाट बाहिरियो । रियलले घरेलु मैदानमा पहिलो लेगमा निकालेको ३–१ गोलको जितले सेमिफाइनलमा पुग्न सहयोग पुग्यो ।

एनफिल्डमा भएको दोस्रो लेगमा दुबै टोलिले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । यससँगै रियल भने ३० औं पटक च्याम्पियन्स लिग र युरोपियन कपको सेमिफाइनलमा पुग्न सफल भएको छ । अब रियलले सेमिफाइनलमा अर्को खेल चेल्सीसँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया