मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

ओहोदाको प्रमाणपत्र प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति मातमेला सिरिल रामाफोसासमक्ष आफ्नो आहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

प्रिटोरियास्थित सेफाको मापोगो माकगाथो राष्ट्रपति अतिथिगृहमा बुधबार आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति रामाफोसाको व्यक्तिगत सुस्वास्थ्य तथा दक्षिण अफ्रिकाका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत विश्वकर्माले नेपाल र दक्षिण अफ्रिकाबीचको सम्बन्ध मैत्री, पारस्परिक विश्वास, सद्भाव, समझदारी एवं सहयोगमा आधारित रहेको बताए।

राजदूत विश्वकर्मालाई स्वागत गर्दै राष्ट्रपति रामाफोसाले उनको कार्यकालको शुभकामना व्यक्त गरेको प्रिटोरियास्थित नेपालको राजदूतावासले आज जनाएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार