बैसाख १५, २०८३ मंगलबार April 28, 2026

देशलाई अफ्ठ्यारोमा पारेर म लोकप्रिय बन्न सक्दीन : अर्थमन्त्री डा. खतिवडा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारो हुने गरी अर्थतन्त्रमा असर पर्ने काम नगर्ने बताएका छन् । राजश्व संकलन नबढाउने हो भने खर्च सञ्चालन गर्न ऋण लिनु पर्ने र त्यो दीर्घकालीन रुपमा जोखिमपूर्ण हुने उनले बताएका छन ।

आठौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले परिवर्तित राजनीतिक परिदृष्यमा केही अन्यौल र अप्ठ्यारो हुनु स्वाभाविक रहेको बताएका छन ।

करको दायरा बढाएर अर्थमन्त्री अलोकप्रिय बने भन्ने टिप्पणी हुने गरेको स्वीकार्दै उनले परिवर्तित परिदृष्यमा केही अन्यौल हुनु स्वाभाविक भएको बताएका छन । सरकार अध्यारोबाट उज्यालोतर्फ अगाडि बढिरहेको बताउँदै उनले भने, ‘लामो समय अध्यारोमा बसेका कारण केही समय अफ्ठ्यारो हुन्छ ।’

अहिले राजस्वबाट धेरै सार्वजनिक खर्च धान्ने कि ऋण लिने भन्ने विषय महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन ।

अनौपचारिक क्षेत्रमा रहेका व्यवसायीलाई औपचारिक क्षेत्रमा ल्याउने क्रममा केही अफ्ठ्यारो भएको उनले बताएका छन । बिगतमा अध्यारोमा बसेर व्यवसाय गरिरहेकाहरुलाई औपचारिक दायरामा आउने अवसर रहेको भन्दै उनले यसको उपयोग गर्न आग्रह गरेका छन । ‘यो वर्ष अवसर छ आउनुस्, अर्को वर्ष के हुन्छ भन्न सकिन्नँ, उनले भने । उनको यो भनाइ स्टार्टअप व्यवसायतर्फ थियो ।

आर्थिक वृद्धिको लक्ष्यमा अडिग रहेको भन्दै उनले चालू आर्थिक वर्षमा बजेटमा उल्लेख भएअनुसार नै आर्थिक वृद्धि हुने अर्थ मन्त्रीको विश्वास छ ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले कर प्रशासनमा धेरै सुधार भएपनि अझै सुधारको आवश्यकता रहेको उल्लेख गरेका छन । खासगरी सरकारले पछिल्लो समय लिएका अनिवार्य प्यान कार्ड, ढुवानीका सवारी साधनलाई अनलाइन निगरानी, भन्सारका दरमा बीच-बीचमा हुने परिवर्तन जस्ता विषयमा उनीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार