असार ५, २०८३ शुक्रबार June 19, 2026

केपी ओलीको रिस प्रदेशमा फेर्नुभएन : मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अविश्वासको प्रस्ताव छल्न चलिरहेको संसद् अधिवेशन नै अन्त्य गर्नुभयो नि ?

मैले अविश्वासको प्रस्ताव छल्न खोजेको होइन । संविधानले दिएको अधिकार प्रयोग गरेर केही समय लिन खोजेको हो । अहिले सरकार किन ढाल्नुपर्‍यो भनेर सोध्नुपर्नेछ । त्यसका लागि केही समय लिनुपर्ने भयो । वामपन्थीको सरकार ढालेर के गर्न खोजेको हो भनेर मैले पनि उहाँहरूसँग सोध्नुपर्‍यो नि !

तर, यो त संसद् फेस गर्न नसकेर भागेजस्तो भएन ? 

त्यस्तो बिल्कुल होइन । अविश्वासको प्रस्ताव आएपछि संसद्मै फेस गर्ने हो । त्यो गर्छु, भागेको छैन । मैले भनिसकेँ–अविश्वासको प्रस्ताव संसद्मै फेल गरेर छाड्छु । त्यो सामर्थ्य मसँग छ । माओवादी केन्द्र र जनमोर्चालाई सोध्छु– एकलौटी वामपन्थीको सरकार किन ढाल्नुपर्‍यो ? किन कांग्रेसलाई समर्थन गर्नुपर्‍यो ? हेर्नुहोला संसद्बाटै उहाँहरूको अविश्वासको प्रस्ताव फेल गर्छु ।

प्रस्ताव फेल गर्ने आधार के छन् ? 

मोरल्ली म उहाँहरूभन्दा धेरै माथि छु । मर्मसहित संघीयता कार्यान्वयन गराउन लागिपरेको छु । संघीयता बलियो बनाउने मेरो ध्याउन्न हो । केन्द्रबाट आएको एउटा चिर्कटोका आधारमा यहाँका साथीहरूले निर्णय गर्न नपाउने अवस्थाले संघीयताको कार्यान्वयनको अवस्था कहाँ जान्छ ? त्यस्तो चिर्कटोले प्रदेश सरकार गिर्ने अवस्था आयो भने कसरी संघीयता बलियो हुन्छ ? यहाँ त्यस्तो कुनै समस्या छैन । केपी ओलीको रिस यहाँ किन फेर्ने ? त्यहाँको रिस त्यहीँ फेरियोस् । केन्द्रको रिस केन्द्रमै फेरियोस् । यहाँको निर्णय यहीँ गर्न दिइयोस् । हाम्रो प्रदेशलाई राम्रो बनाउने काममा बाधा नहोस् । मैले थोरै समय लिएको यही विषय साथीहरूलाई बुझाउन हो । मोहनविक्रम र चित्रबहादुर केसीलाई भेट्छु र भन्छु । उहाँहरूले वामपन्थीको सरकार ढालेर किन प्रतिगमनको यात्रा तय गर्न खोज्नुभएको हो ? त्यो पनि बुझ्नुपर्नेछ ।

केन्द्रमा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेजस्तै प्रदेशमा तपाईंले पनि त्यस्तै बाटो समात्न खोज्नुभयो नि ? 

यहाँ त्यस्तो हुँदैन । संसद्मै फेस गरिन्छ र अविश्वासको प्रस्ताव विफल पार्न सकिनँ भने सहज निकास दिन्छु । त्यस्तो कुनै आशंका गर्न जरुरी छैन । म संसद् विघटन गर्ने या संसद्लाई काम गर्न नदिने भन्ने कुरा सोेच्न पनि सक्दिनँ । त्यो हुन पनि दिन्न । म हिजो पनि संघीयता कार्यान्वयनमा आउन सक्ने बाधा–अड्चनविरुद्ध लडेको छु । फरक ढंगले अगाडि बढेको छु । यो कुरा दुनियाँलाई थाहा दिएको छु । पृथ्वी सुब्बा गुरुङ संघीयता बलियो बनाउन लागिपर्ने मान्छे हो । यसबाट गलत कदम चालिन्न भन्ने कुरा विश्वस्त भए हुन्छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार