भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

प्रधानमन्त्री लोकतन्त्र मासेर तानाशाही बने : नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फिदिम । पाँचथरको फाल्गुनन्दमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नवमीडाँडा आएका नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले कम्युनिस्ट भाषा, लिपी, साहित्य र संस्कृतिलाई समाप्त पार्न लागि गरेको बताएका छन् । नेकपाले नेपालीहरुको पहिचान, भाषा र संस्कृतिमाथि एकपछि अर्को गर्दै प्रहार सुरु गरेको बताएका हुन् ।

चुनावी सभालाई सम्बोधन गर्न कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा आधा दर्जन केन्द्रीय नेताहरु फाल्गुनन्द गाउँपालिका आएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेकपाले साहित्य र संस्कृतिमाथि प्रहार गरेको बातएका छन । नेकपालाई साहित्य र सभ्यता मन पर्दैन,फाल्गुनन्दमा चर्किएको मातृभाषा शिक्षा सम्बन्धीको मुद्धालाई उल्लेख गर्दै पौडेलले भने, आफ्ना कार्यकर्तालाई मातृभाषा शिक्षाविरुद्ध मुद्धा हाल्न लगाउनु, भाषा र संस्कृति मास्न नेकपा उद्य्त हुनु हो ।

सम्बोधनकै क्रममा पौडेलले चुनाबाट चुनिएका सबै मान्छे लोकतन्त्रवादी नभएको उल्लेख गरेका छन । प्रधानमन्त्री केपी ओली लोकतन्त्र मासेर तानाशाही बन्न खोजेको पौडेलको आरोप थियो । संवैधानिक आयोगमा सरकारले आफ्ना अरौटे भरौटे नियुक्ति गरेर मनपरी गरेको उनले आरोप लगाएका छन।

सरकारी कर्मचारीलाई नेकपाले आफ्ना गोठालाजस्तो बनाएको छ, उनले भने, संवैधानिक निकायलाई आफ्नो खटनमा चलाएर सत्ता कब्जा गर्न नेकपा लागिपरेको छ । नेकपाले सत्ता र पैंसाको शक्तिमा लोकतन्त्रको चीरहरण गरेको उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार