मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

गोकुल बास्कोटालाई लेखा समितिमा पठाउने निर्णय फिर्ता लिन ट्रान्सपरेन्सीको माग (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले संसदको सार्वजनिक लेखा समितिमा पूर्वमन्त्री गोकुल बास्कोटालाई सदस्य बनाउने निर्णय फिर्ता गर्न माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैँया घुस बापत लेनदेनको अडियो प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटालाई नै लेखा समिति सदस्यमा राख्नु सुशासनविरुद्ध भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले उक्त निर्णय फिर्ता लिन माग गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड लेनदेनको अडियो सार्वजनिक भई विवादित भएपछि सञ्चार मन्त्री सापकोटाले राजीनामा दिएका थिए ।

गएको चैत ३० गते नेकपा एमाले ओली पक्षको आग्रहमा सभामुख अग्नि सापकोटाले विषयगत समितिका सदस्य हेरेफेर गर्ने क्रममा लेखा समितिमा बास्कोटालाई राखिएको जनाएका थिए ।

सो निर्णय नेपाल सरकारको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता नीतिको प्रतिकुल भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार