भाद्र २२, २०८३ सोमबार September 7, 2026

प्रहरी नियन्त्रणमा सैनिक जवानको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । प्रहरीले पक्राउ गरेका सैनिक जवानको मृत्यु भएको विरोधमा चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीयले पृथ्वी राजमार्ग बन्द गराएका छन् ।

आइतबार दिउँसो १२ बजेपछि राजमार्गमा उत्रिएर स्थानीयले सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाका जवान २८ वर्षीय राम कँडेलको शुक्रबार विहान मृत्यु भएको हो । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत रहेका थिए ।

स्थानीले सडकमा बार हालेर अवरोध गरेका छन् । सडक खुलाउने प्रयास भइरहेको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् ।

शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा अभद्र व्यवहार गरेपछि प्रहरीले कँडेललाई पक्राउ गरेको थियो । अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखिएका उनी भाग्ने क्रममा ठाउँ मेसो नपाउँदा घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन ।

घाइते कँडेललाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको छ ।

चितवनका प्रहरी प्रमुख एससी मल्लले सैनिक जवान कँडेलले जात्रामा होहल्ला गरेपछि प्रहरीले सम्झाउँदा प्रहरीमाथि नै कुटपिट गरेपछि पक्राउ गरेको बताएका छन ।

‘मदिरा सेवन गरेर मात्तिदै आए । अरुमाथि अभद्र व्यवहार गर्न खोजेपछि प्रहरीले नगर्न सम्झाउँदा उल्टै प्रहरीमाथि नै हातपात र कुटपिट गर्न थाले । सार्वजनिक ठाउँमा म सेनाको मान्छे हुँ भन्दै उनले प्रहरीलाई कुट्न थालेपछि हामीले नियन्त्रणमा लिएर प्रहरी पोष्टभित्र ल्याएका हौं’ उनले भने ।

प्रहरी नियन्त्रणमा प्रहरीलाई छक्काएर भाग्न खोज्दा कँडेल भीरबाट लडेका प्रहरी प्रमुख मल्लले बताएका छन । तर स्थानीय वासिन्दाले कँडेलको कुटपिटबाट मृत्यु भएको भन्दै विरोध जनाएका छन् । ‘खास घटना के भएको हो भन्ने अनुसन्धानबाट खुल्ला’ एसपी मल्लले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी
२०८३ भाद्र २२, सोमबार
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव
२०८३ भाद्र २२, सोमबार
आजको विदेशी विनिमयदर : अमेरिकी डलर १५१ रुपैयाँ ४८ पैसा पुग्यो
२०८३ भाद्र २२, सोमबार
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता
२०८३ भाद्र २२, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ भाद्र २२, सोमबार
कोशीमा बहुमतदेखि केन्द्रमा प्रधानमन्त्रीसम्म : श्रम संस्कृति पार्टीको नयाँ रणनीति
२०८३ भाद्र २२, सोमबार
एआईबाट ओलीको तस्बिर दुरुपयोग गरिएको भन्दै एमालेको आपत्ति
२०८३ भाद्र २२, सोमबार