श्रावण ३०, २०८३ शनिबार August 15, 2026

बागमती प्रदेशको सातौं अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः बागमती प्रदेशसभाको सातौँ अधिवेशन आज वैशाख ७ गते राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरी आएअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत राजेशकुमार तामाङले जानकारी दिनुभयो ।
प्रदेशसभाको चालू बैठक गत वैशाख २ गते सञ्चालन भई अर्को सूचना जारी नभएसम्मका लागि भनी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार
मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा युनिट सञ्चालन हुन्छ : स्वास्थ्य मन्त्री मेहता
२०८३ श्रावण ३०, शनिबार
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव
२०८३ श्रावण ३०, शनिबार
अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने
२०८३ श्रावण ३०, शनिबार
साहित्य र कला क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख
२०८३ श्रावण ३०, शनिबार