चैत्र १६, २०८० शुक्रबार March 29, 2024

प्रदेश नंं २ को नाम र राजधानीमा पुनः दलहरूमा मतभिन्नता – काँग्रेसले प्रस्ताब बुझायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः नेपाली काँग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता आज गराएको छ ।
प्रदेश नंं २ को राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव काँग्रेस प्रमुख सचेतक उपेन्द्र कुशवाहा र नाम ‘मिथिला भोजपुरा’ हुनुपर्ने प्रस्ताव शिवचन्द्र चौधरीले दर्ता गराउनु भएको प्रदेश नंं २ को प्रदेश सभा सचिवालयले जनाएको छ ।
पहिलो पटक २०७६ चैत ४ मा सदनमा लगेको नाम र स्थायी राजधानी पुरानै प्रस्ताव दर्ता गराएको छ । पहिलेकै प्रस्ताव दर्ता गराएको काँग्रेस प्रमुख सचेतक कुशवाहाले जानकारी दिनु भएको छ ।
तीन वर्षमा प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाउन नसकेको भन्दै सरकारको व्यापक आलोचना हुँदै आएको छ । पहिलो पटक चैत ४ गते भएको नाम र राजधानी टुङ्गो लगाउने प्रस्तावको चुनावमा कसैको प्रस्तावमा दुई तिहाई बहुमत नपुग्दा प्रस्ताव पारित हुन सकेका थिएन ।
दोश्रो पटकमा यही वैशाख ३ गतेदेखि ९ गते दिउँसो ३ बजेसम्मको लागि प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव दर्ता गराउनका लागि दलहरूलाई  आह्वान गरेको छ ।
यसअघि वैशाख ५ गते सत्तारुढ जनता समाजवादी पार्टी र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने प्रस्ताव छुट्टा छुट्टै रुपमा दर्ता गराइसकेका छन् भने नेकपा एमालले नाम ‘जानकी प्रदेश’ र राजधानी जनकपुरधाम लगायतको क्षेत्र हुनुपर्ने प्रस्ताव बुधवार हिजो दर्ता गराएको छ ।
नेपालको संवैधानिक व्यवस्था अनुसार प्रदेशको नाम र राजधानीको टुङ्गो दुई तिहाइ बहुमतले गर्ने प्रावधान रहेको छ ।
प्रदेशसभामा कूल १०७ प्रदेश सभाका सदस्य रहेका छन् । जसमध्ये आफ्ना चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरेपछि यो सङ्ख्या १ सय ३ मा झरेको छ । जसमा सत्तारूढ जनता समाजवादी पार्टीका ५५, नेकपा एमालेका २१, नेपाली काँग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सदस्य रहेका छन् ।
प्रस्ताव पारित गराउन १०३ सांसदको दुई तिहाई ६९ सांसद चाहिन्छ । सत्तारूढ जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ पुग्छ । मधेस प्रदेश पारित गर्न अझै ७ सांसद आवश्यक पर्छ । यस पटक प्रदेश सभाको कार्यकाल समाप्त हुनका लागि करिब डेढ वर्ष मात्र बाँकी रहेकाले प्रदेशको नाउँ र राजधानीको टुङ्गो लगाउनु पर्ने बाँध्यता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया