श्रावण ३०, २०८३ शनिबार August 15, 2026

प्रदेश नंं २ को नाम र राजधानीमा पुनः दलहरूमा मतभिन्नता – काँग्रेसले प्रस्ताब बुझायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः नेपाली काँग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता आज गराएको छ ।
प्रदेश नंं २ को राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव काँग्रेस प्रमुख सचेतक उपेन्द्र कुशवाहा र नाम ‘मिथिला भोजपुरा’ हुनुपर्ने प्रस्ताव शिवचन्द्र चौधरीले दर्ता गराउनु भएको प्रदेश नंं २ को प्रदेश सभा सचिवालयले जनाएको छ ।
पहिलो पटक २०७६ चैत ४ मा सदनमा लगेको नाम र स्थायी राजधानी पुरानै प्रस्ताव दर्ता गराएको छ । पहिलेकै प्रस्ताव दर्ता गराएको काँग्रेस प्रमुख सचेतक कुशवाहाले जानकारी दिनु भएको छ ।
तीन वर्षमा प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाउन नसकेको भन्दै सरकारको व्यापक आलोचना हुँदै आएको छ । पहिलो पटक चैत ४ गते भएको नाम र राजधानी टुङ्गो लगाउने प्रस्तावको चुनावमा कसैको प्रस्तावमा दुई तिहाई बहुमत नपुग्दा प्रस्ताव पारित हुन सकेका थिएन ।
दोश्रो पटकमा यही वैशाख ३ गतेदेखि ९ गते दिउँसो ३ बजेसम्मको लागि प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव दर्ता गराउनका लागि दलहरूलाई  आह्वान गरेको छ ।
यसअघि वैशाख ५ गते सत्तारुढ जनता समाजवादी पार्टी र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने प्रस्ताव छुट्टा छुट्टै रुपमा दर्ता गराइसकेका छन् भने नेकपा एमालले नाम ‘जानकी प्रदेश’ र राजधानी जनकपुरधाम लगायतको क्षेत्र हुनुपर्ने प्रस्ताव बुधवार हिजो दर्ता गराएको छ ।
नेपालको संवैधानिक व्यवस्था अनुसार प्रदेशको नाम र राजधानीको टुङ्गो दुई तिहाइ बहुमतले गर्ने प्रावधान रहेको छ ।
प्रदेशसभामा कूल १०७ प्रदेश सभाका सदस्य रहेका छन् । जसमध्ये आफ्ना चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरेपछि यो सङ्ख्या १ सय ३ मा झरेको छ । जसमा सत्तारूढ जनता समाजवादी पार्टीका ५५, नेकपा एमालेका २१, नेपाली काँग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सदस्य रहेका छन् ।
प्रस्ताव पारित गराउन १०३ सांसदको दुई तिहाई ६९ सांसद चाहिन्छ । सत्तारूढ जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ पुग्छ । मधेस प्रदेश पारित गर्न अझै ७ सांसद आवश्यक पर्छ । यस पटक प्रदेश सभाको कार्यकाल समाप्त हुनका लागि करिब डेढ वर्ष मात्र बाँकी रहेकाले प्रदेशको नाउँ र राजधानीको टुङ्गो लगाउनु पर्ने बाँध्यता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार
मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा युनिट सञ्चालन हुन्छ : स्वास्थ्य मन्त्री मेहता
२०८३ श्रावण ३०, शनिबार
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव
२०८३ श्रावण ३०, शनिबार
अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने
२०८३ श्रावण ३०, शनिबार
साहित्य र कला क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख
२०८३ श्रावण ३०, शनिबार