असोज १२, २०८३ सोमबार September 28, 2026

नेपालमा ९ महिनामै भित्रियो ५८ लाख थान मोबाइल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अघिल्लो वर्षको तुलनामा यो वर्ष मोबाइलको बिक्रीमा उल्लेख वृद्धि भएको छ । भन्सार विभागले हालै जारी गरेको चैत महिनासम्मको तथ्याङ्कले नेपालमा मोबाइलको बिक्री ठूलो मात्रामा वृद्धि भइरहेको देखाएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार यो चैत महिनासम्म कूल ५७ लाख ९९ हजार ८ सय ९१ थान मोबाइल भित्रिएको छ । जुन अघिल्लो वर्षकाे यही अवधि (९ महिना) काे तुलनामा १४ लाख बढी हो ।

तथ्याङ्कअनुसार यो चैतसम्म २९ अर्ब ६४ करोड १८ लाख भन्दा बढीको ५७ लाख ९९ हजार ८ सय ९१ थान मोबाइल भित्रिएको छ ।

अघिल्लो आवमा चैतसम्म १४ अर्ब ६२ करोड ९ लाख बराबरको ३८ लाख ४७ हजार ३ सय ४ थान भित्रिएको थियो । भने, उक्त आवको अन्त्यसम्म २८ अर्ब ७९ करोड १४ लाख बराबरको कूल ४३ लाख ६५ हजार ९ सय ९० मोबाइल भित्रिएको थियाे ।

यो हिसाबले हेर्ने हो भने अघिल्लो आवमा भित्रिएको मोबाइलभन्दा चालू आव २०७७/०७८ को ९ महिनामै १४ लाखभन्दा बढी मोबाइल भित्रिसकेको छ । यसले पनि नेपालमा पछिल्लो समय मोबाइलको आयातसँगै बिक्री पनि बढिरहेको जनाउँछ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार