असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल सुपर लिग : कोरोना देखिए खेलाडी थप्न पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दौरान खेलाडीलाई कोरोना संक्रमण भएमा क्लबले अर्का खेलाडी अनुबन्ध गर्न पाउने भएका छन् ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनबाट प्रतियोगिता दौरान खेलाडीमा कोरोना देखिएका अर्का खेलाडी अनुबन्ध गर्न पाईने नियम रहेको जानकारी गराएको हो ।

कोरोना भाईरसको महामारीको समयमा क्लबलाई सहुलियत दिने उदेश्यले खेलाडी थप्न पाईने नियम बनाईएको प्रतियोगिता डिरेक्टर श्रेयन्स कार्कीले जानकारी गराए । ‘टिमका धेरै खेलाडीलाई कोरोना देखिएमा वा खेलाडी लामो समयसम्म मैदान बाहिर रहनु पर्ने अवस्था आयो भने क्लबलाई खेलाडी रिप्लेस गर्न पाउने छन्,’ कार्कीले भने, ‘यस्तो महामारीको समय भएकाले क्लबलाई हामीले यो सुबिधा दिएका छौँ ।’

यस्तै कार्कीले अक्सनमा बिक्री नभएका खेलाडी अनुबन्ध गर्न पाईने बताए ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीचको खेलसँगै लिगको सुरुवात हुनेछ । उद्घाटन खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको समेत जनाएको छ । -खेलापाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया