असार २३, २०८२ सोमबार July 7, 2025

आँफैले आफ्नो घर चिटिक्क बनाउने ७ तरिका (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आफ्नो घर चिटिक्क सजाउन सबैलाई मन लागेको हुन्छ । अरुको घरमा पुगेर देखेपछि त झन आफ्नो घर र घरका कोठा खालीठाँउ सजाउन यति जाँगर चल्छ की यो सबैको मानवीय स्वभाव हो । आज हामी तपाईलाई आफ्नो घर र कोठा सजाउने केही साधारण तरिका सिकाउदैछौ ।

१ परिवर्तन गर्दै प्रतिक्रिया लिनुहोस् : अहिले सामाजिक सञ्जालको चार्मिङ्ग धेरै छ । केही आफुलाई मन लागेका मोडेल बनाउनुहोस् । के कस्तो देखिएको छ । प्रतिक्रिया लिन सामाजिक सञ्जालमा पोष्ट गर्नुहोस् । धेरै प्रतिक्रिया आएको मोडेललाई सजाउनुहोस् ।

२, डिजाईन पत्रिकाको सहयोग : नेपालमापनि धेरै डिजाईन पत्रिकाहरु आउन थालेका छन् । तपाईले डिजाईनरले तयार पारेका तस्विरलाई पत्रिकामा हेरेर त्यसैगरीपनि बनाउन सक्नुहुन्छ ।

३, डिजाईनरको सहायता : तपाईले चाहेको जस्तो डिजाईनरले चित्रमा उर्तान सक्छन् । आफ्नो घर र कोठा कस्तो बनाउन चाहानुहुन्छ। तपाईको विचार बुझेर डिजाईनरले चित्र बनाईदिन्छन् । त्यही चित्रलाई आफै वास्तविकतामा परिणत गर्न सक्नुहुन्छ ।

४, डिजाईन वेवसाईट : तपाईले विभिन्न वेवहरुपनि हेर्न सक्नुहुन्छ । धेरै कुरा वेवमा पाउन सकिन्छ ।

५, सामान्य बस्तुको खरिद : तपाई आफुलाई मन परेको सामान्य वस्तु खरिद गर्न थाल्नुहोस् । हेर्दा सानो र थोरै मुल्य हुनसक्छ । तर त्यसले कोठा वा घरको सुन्दरता थपिदिन्छ ।

६, सुरु गरिहाल्नुहोस् : तपाई आफ्नो कोठा वा घर सजाउन चाहानुहुन्छ । तर यति धेरै ठाँउ रकमको अभाव छ या समय लाग्छ भनेर नपर्खिनुहोस् । आधा–आधा भागमा परिणत गरेर थोरै थोरै परिवर्तन सुरु गर्नुहोस् ।

७, कक्षा लिनुहोस् : काठमाडौ लगायत नेपालकै सहरमापनि घर सजावटका कक्षाहरु हुने गर्दछन् । ती कक्षमा सिकेका कुरालेपनि तपाईलाई सहयोग गर्नेछ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया