असोज १२, २०८३ सोमबार September 28, 2026

सामसुङको ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’ योजना सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः सामसुङले एनसेलसँगको सहकार्यमा नयाँ वर्ष–२०७८ को अवसरमा नयाँ एक्सचेन्ज योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ ल्याएको छ ।
सामसुङले एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात् फिचर फोन नयाँ फोरजी चल्ने स्मार्ट फोनसँग साट्न सक्ने योजना ल्याएको हो ।
डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १वर्षसम्म १ जिबीका दरले एनसेल डेटा पाउन सक्नेछन् भने सामसुङको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउनेछन् ।
नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्‍याउने सामसुङको प्रतिबद्धता अनुरूप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्ट फोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरूसँग आफूलाई जोड्न सकिने सामसुङले जनाएको छ ।
एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष–२०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसुङले लिएको छ ।
यस एक्सचेन्ज योजनामा ग्राहकले सामसुङको झण्डै दुई दिनसम्म टिक्ने ५००० एमएएच ब्याट्री भएको सामसुङ् ग्यालेक्सी एम ०१ कोर र सामसुङ् ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन् ।
एम ०१ कोरमा १ जि बी र्‍याम र १६ जि बी स्टोरेज क्षमता रहेको छ । एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जि बी र्‍याम र ३२ जि बी स्टोरेज वा ३ जि बी र्‍याम र ३२ जि बी स्टोरेज क्षमता भएको दुई सेटमध्ये कुनै एक लिन सक्छन् । एम ०१ कोर र एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्ट फोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव भएका ग्राहकले पनि सजिलै यी सेटहरू चलाउन सक्छन् ।
आफूसँग पुरानो भएको कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभूत सर्तहरू लागू हुनेछन् ।
पहिलो पुरानो मोबाइल स्विच अन गर्न मिल्ने अवस्थाको हुनुपर्दछ । दोस्रो फोनको ब्याट्री फुलेको अवस्थामा हुनुहुँदैन अर्थात् ब्याट्रीले काम गरेको हुनुपर्दछ । यी दुई सर्तहरू पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्याङ्कन गरिने छ र नयाँ फोन किन्नका लागि न्यूनतम रु ८०० ग्यारेन्टीका साथ छुट प्रदान गरिनेछ ।
यो योजना २०७८ वैशाख १ गतेदेखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार