श्रावण ३०, २०८३ शनिबार August 15, 2026

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका स्थगित भएको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेपनि जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद दिपक मनाङ्गे सम्पर्कविहीन भएपछि सभामुख नेत्रप्रसाद अधिकारीले बैठक स्थगित गरेका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर दर्ता गरेको अविश्वास प्रस्तावमाथि निर्णय गर्नुअघि सांसद शाही सम्पर्कबिहिन भएपछी बैठक नै अनिश्चित भएको हो ।

जनमोर्चाका संसदीय दलकी नेता पियारी थापा लगायतले शाहीलाई खोजेपनि नभेट्टाएपछि सभामुख नेत्रप्रसाद अधिकारीले सूचना टाँस गरेर बैठक स्थगित गरिदिएका हुन्।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५ र माओवादीका ११ जना, जनमोर्चाका ३ जना, जसपाका २ समेत गर्दा ३१ हुने अवस्था थियो। तर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका शाही मोबाइल अफ गरेर हिँडेपछि प्रदेशसभामा खैलाबैला मच्चिएको छ।

एमालेले अविश्वास प्रस्ताव फेल हुने भएपछि कांग्रेस माओवादीले सभामुखलाई प्रयोग गरेर बैठक नै अवरुद्ध पारेको आरोप लगाएको छ। सभामुख अधिकारी माओवादीका सांसद हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार
मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा युनिट सञ्चालन हुन्छ : स्वास्थ्य मन्त्री मेहता
२०८३ श्रावण ३०, शनिबार
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव
२०८३ श्रावण ३०, शनिबार
अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने
२०८३ श्रावण ३०, शनिबार
साहित्य र कला क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख
२०८३ श्रावण ३०, शनिबार