असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल सुपर लिग : ललितपुर र धनगढीले अङ्क बाँडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले एक एक गोलको बराबरी खेलेका हुन् । ललितपुरले पहिलो हाफमा पेनाल्टीको मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको पाँचौँ मिनेटमा अञ्जन विष्टले गोल गरे पनि रेफ्रीले अफसाइडको निर्णय गर्नुभयो । यस्तै खेलको २५औं मिनेटमा एरिक विष्टले गरेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरीयो ।

यस्तै खेलको ३६औं मिनेटमा ललितपुरको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले विफल पार्नुभयो । किरण चेम्जोङले ललितपुरका खेलाडी अञ्जन विष्टलाई धकेलेपछि उहाँले पहेलो कार्ड पाउनुभयो । सोही वापत ललितपुरले पेनाल्टी पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७३ औं मिनेटमा विदेशी खेलाडी ओलाओलेले डिबक्सभित्रबाट उत्कृष्ट हेड गोल गर्दै धनगढीलाई अग्रता दिलाउनुभयो ।

यसैगरी खेलको ७९ औं मिनेटमा ललितपुरले गोल गर्दै खेल बराबरीमा पुर्यायो । उसका लागि रञ्जन विष्टले गोल गर्नुभयो । एक एक गोलको बराबरी खेलेपछि दुवैैले एक एक अङ्क बाँडेका छन् । बराबरीपछि धनगढीको तीन खेलमा चार अङ्क छ भने लतिलपुरको तीन खेलमा दुई अङ्क छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया