जेठ २३, २०८३ शनिबार June 6, 2026

अभिनेता सुवास थापाको ‘कुल्चि हिड्छन् फूललाई’ बजारमा (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिका निवासी अभिनेता सुवास थापा पछिल्लो समय अभिनय तथा निर्देशन दुवैमा सक्रियता देख्न सकिन्छ । थापाको निर्देशन रहेको गीत ‘कुल्चि हिड्छन् फूललाई’को म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ ।

खेम रिजालको शब्द, छवि न्यौपानेको स्वर र कर्मा ग्यान्चेन संगीत रहेको गीतको भिडियो अमेरिकामै खिचिएको हो । भिडियो राम्रो बनेको छ ।

बिनीता खड्का थापाको कोरियोग्राफी रहेको भिडियोेमा सुवासको अलवा बिनीता खड्का थापा, सिआइला, पतृक र कृष्टिनको अभिनय छ । भिडियोमा सुवासको अभिनयले दर्शकको मनछुने छ ।

पूर्व प्रेमीप्रेमीकाको मिलन बिछोड र जीवनको उतारचढापको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायाँकन गरेका हुन् ।

‘कोही मेरो,’ ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्ममा अभिनय गरेर चर्चामा रहन सफल सुवास केही बर्षयता सपरिवार अमेरिकामा बस्दै आइरहेका छन् ।

अमेरिकामा थापाले कन्ट्रेल राइटको निर्माण तथा निर्देशन रहेको एक अंग्रेजी फिल्म ‘हाउ टु किप योर म्यान ह्याप्पी’मा समेत अभिनय गरेका थिए । फिल्ममा उनको व्यवसायीको भूमिका रहेको छ ।

अमेरिकामा रहे पनि कलाकारिता प्रति आफ्नो अगाढ प्रेम रहेकाले मौका मिलेसम्म नेपाली फिल्म तथा गीतसंगीतमा आफूलाई प्रस्तुत गरिरहने उनी बताउछन् ।

‘मेरो ज्यान अहिले बिदेशमा छ । मन त नेपाली नै होनी’ थापाले भने ‘नेपाली फिल्म र गीतसंगीत अभिनय अन्य काम छोडेर पनि गर्छु ।’ थापाले यसै फिल्मबाट म्युजिक भिडियो निर्देशन समेत थालेका हुन् । आगामी दिनमा यो यात्रा निरन्तर रहने उनी सुनाउछन् ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार