वैशाख १९, २०८१ बुधबार May 1, 2024

निमोनिया भएको बेला के खाने के नखाने ? जानीराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निमोनिया एक प्रकारको छातिको संक्रमण हो, जसले फोक्सोको बाँया वा दायाँ भाग वा कहिलेकाँही सम्पूर्ण फोक्सोलाई नै असर गर्न सक्छ । निमोनिया भाइरस, ब्याक्टेरिया र फंगसबाट हुने गर्दछ, जसले फोक्सोमा रहेको एलभियोली अर्थात् हावा भरिने थैलीहरु सुन्निने र संक्रमणका कारण पानी र पिप जम्मा हुने गर्दछ । जसका कारण फोक्सोलाई रगतबाट अक्सिजन प्राप्त गर्न कठिनाई हुन्छ। जसले गर्दा श्वासप्रश्वासमा बाधा पुग्दछ।

यसका बिरामीहरुमा रुघा खोकी लाग्ने, सास फेर्न अफ्ठ्यारो हुने, ज्वरो आउने लगायतका अन्य लक्षणहरु देखापर्छन्। यस्ता रोग भएकाले खान पान तथा आफ्नो स्वास्थको राम्रो ख्याल राख्नु पर्ने हुन्छ। निमोनियालाई हेलचेक्राइँ गर्दा स्वास्थ सम्बन्धि गम्भीर खतरा उत्पन्न हुनसक्छ। यस्तो अवस्थामा चिल्लो, पिरो, मसलादार, चिसो, प्याकेट तथा बाहिरका खाना खानु हुँदैन।

निमोनिया भएको बेला आफ्नो आहार सामान्य राख्ने कोशीस गर्नुपर्छ। किनभने यस्तो बेला शरीरलाई सन्तुलित आहारको आवश्यकता पर्ने गर्छ।

निमोनिया भएको बेला के खाने ?

निमोनिया भएका व्यक्तिले दैनिक ६ देखि ८ गिलास पानि पिउनु पर्दछ। दैनिक हरियो सागशब्जी तथा फलफुल सेवन गर्नु निमोनियाका बिमारीहरुलाई अत्याधिक लाभ हुने गर्दछ। निमोनिया बिरामीले दही, दुध तथा डेरीका उत्पादनहरू सेवन गर्दा फाइदा पुग्छ। निमोनिया भएका बेला सागशब्जीको जुसहरू पनि निकै फाइदाजनक हुनेगर्दछ। जस्तै गाँजरको जुस, पालुंगोको जुस, चुकन्दरको रस, काँक्राको जुस जस्ता अन्य सागशब्जीको जुसहरू स्वास्थ्यको लागि लाभदायक हुन्छ।

निमोनिया भएका बेला मेथीको चिया, महको सेवन, अदुवा, भिटामिन सी, बि युक्त खाना, प्रोटिन युक्त खाना, बेसार दुध वा पानि सेवन गर्दा निकै फाइदा हुने र निमोनिया छिट्टै निको हुने पनि गर्दछ।

के नखाने ?

निमोनिया भएका व्यक्तिले चिल्लो, पिरो, मसलादार, चिसो, प्याकेट तथा बाहिरका खाना खानु हुँदैन। विशेषगरी, प्रशोधित खानेकुराहरुबाट टाढा रहनुपर्दछ। दुध र दुग्धजन्य पदार्थको उपभोग कम गर्नुहोस्, किनभने यी सबै चीजहरूले शरीरमा कफ तथा म्यूकस बढाउने काम गर्दछ।

आफुलाई एलर्जी भएको खानेकुरा बाट टाढा रहनुहोस्। निमोनियाबाट पीडित व्यक्तिले बढी मिठाइ वा गुलियो चिज खानु हुँदैन। कृत्रिम रंग, स्वाद वा क्याफिन मिलाएका खाना आफ्नो आहारमा समावेश गरे निमोनियाका बिरामीहरुमा गम्भीर असर हुने गर्दछ।

निमोनिया कुनै पनि मौसममा हुन सक्छ। तर, जाडो मौसममा निमोनिया हुने सम्भावना बढ्ने गर्छ। बालबालिकाहरुलाई त्यति नै कपडा लगाइदिनु पर्छ, जसले उनीहरुलाई तातो प्रदान गरोस। चिसोबाट जोगाउने भन्दै बालबालिकालाई बाक्लो लुगा लगाउँदा पसिना गढेर पनि निमोनिया हुने सम्भावना बढी हुने गर्दछ।

त्यसैगरी, यदि एन्टीबायोटिक औषधि सेवन गरिएको छ भने त्यसलाई निरन्तरता दिनु आवश्यक हुन्छ। निमोनिया भएका बिरामीलाई सफा ठाउँमा राख्नु पर्दछ त्यसैले घरवरी परि तथा बिरामी बस्ने कोठाको निरन्तर सरसफाई गर्न आवश्यक हुन्छ। खोप लगाएर पनि निमोनियालाई धेरै हदसम्म रोक्न सकिन्छ।

निमोनिया भएका बिरामीले अधिक प्रदूषण भएका ठाउँहरूमा सकेसम्म जानु हुँदैन, त्यसैगरी यस्तो अवस्थामा मदिरा तथा धुमपान गर्नु अत्याधिक हानिकारक हुन्छ। न्यानो कपडा प्रयोग गरि आफ्नो शरीरको तापक्रमलाई तातो बनाइ राख्नु पर्छ र यस्तो अवस्थामा चिसो चिज खानु हुँदैन।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया