असार ५, २०८३ शुक्रबार June 19, 2026

एकीकृत जनक्रान्ति कार्यदिशा नै होईन ।- कृष्णप्रसाद धमला (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाँईले विप्लव नेतृवको नेकपाको पार्टी विभाजन गरेको समाचार आयो तर तपाँई पार्टीमै हुनुहुन्थेन कसरी पार्टी विभाजन हुन्छ ?

पहिलो कुरा मसहित १७ जना साथीहरु पार्टीको सुद्धिकरणमा परेका थियौँ । पार्टीबाट कारबाही हुनु र शुद्धिकरणमा पर्नु फरक कुरा हो । शुद्धिकरण सधैका लागि हुँदैन । त्यो क्षणिक प्रक्रिया हो । त्यसपश्चात हामीलाई पार्टीमा कुनै जिम्मेवारी दिईएन । त्यसकारण हामी सधै त्यहाँ पेण्डुलम भएर रहिरहने कुरा भएन । हामीमाथि शुद्धिकरणले अन्याय भएको थियो । पार्टी शुद्धिकरणमा परेका साथीहरुसँगको लामो छलफलपछि हामीले जन समाजवादी मञ्च गठन गरेका हौँ ।

भनेपछि तपाँईको असन्तुष्टि राजनीतिक नभएर नितान्त पद र जिम्मेवारीको रहेछ भन्ने देखियो नि ?

होईन, हाम्रो असहमति पद वा जिम्मेवारीको होईन, राजनीतिक र वैचारिक नै हो । हामीले राजनीतिक बिषयमा पटक पटक छलफल गरेका थियौँ । त्यही कारण हामी शुद्धिकरणमा पर्यौ ।

अनि राजनीतिक कार्यदिशाकै बिषयमा तपाँईको मत भिन्नता थियो ?

हो । हामीले राजनीतिक कार्यदिशाका बिषयमा पटक पटक कुरा उठाएका थियौँ । त्यही कारण हामीलाई कुनै पनि जिम्मेवारी दिईएन । एकीकृत जनक्रान्ति स्पष्ट हुनु पर्यो भन्ने हामीले भनेका थियौ । त्यो सुन्ने पक्षमा नेतृत्व भएन ।

त्यसो भए एकीकृत जनक्रान्ति नै गलत थियो भन्ने तपाँईको भनाई हो ?

हो । एकीकृत जनक्रान्ति कार्यदिशा नै होईन । त्यो कार्यक्रम मात्र हो । त्यसले नेपाली क्रान्तिलाई अगाडी बढाउँदैन । अमृत भयो । मूर्त भएन । सारसंग्रहवादी भयो । निगम पुँजीवादी युगमा नयाँ जनवादी क्रान्ति भन्नु नै गलत छ । नयाँ खालको राजनीतिक कार्य दिशा हुनपर्दछ । त्यसकारण नयाँ स्टेप चाल्न पुगेका हौँ ।

त्यसो भए विप्लव जीको पार्टीमा फकिने संभावना छैन ?

त्यो संभवना छैन । राजनीतिक र वैचारिक मतभिन्नता हुँदा त्यहा जाने कुरै हुँदैन । पार्टीका कार्यशैलीका बिषयमा पनि प्रश्न गरेका थियौँ । अब त त्यहाँ बस्ने संभावना नै भएन ।

भनेपछि प्रचण्डले भने झै पूर्वमाओवादीहरु एक ठाउँमा जाने वातावरण तयार पार्न खोज्नु भएको हो ?

हामीले प्रष्ट भनेका छौँ । प्रचण्ड जी भनका पश्चगमनकारी नै हुन् । उनल संसदवादी राजनीतिको सेरोफेरो भन्दा फरक ढंगले सोच्न पनि सक्दैनन् । संसदीय प्रणाली आफैमा पश्चगमनकारी व्यवस्था हो । प्रचण्डले पटक पटक पूर्वमाओवादीहरुको एकीकरणको कुरा गरिरहन्छन् त्यसले संसदीय अंकगणितमा प्रभाव पार्ला तर वैज्ञानिक समाजवादी क्रान्तिको आधार भने तयार पार्दैन । तसर्थ हामी प्रचण्डको पार्टीमा जाने भए तपहिले नैजान्थ्यौ होला नि । त्यहाँ जाने कुरै हुँदैन ।

तपाँई त्यो पार्टीको पोलिट ब्यूरो सदस्य । राजनीतिक र वैचारिक बिषयमा प्रशिक्षण दिने मान्छे । तपाँई पार्टीबाट बाहिरिदा तपाईसँग जाने कार्यकर्ता रहेका छन् ?

एउटा राम्रो पङ्ति छ । १० जना जति पूर्व केन्द्रीय सदस्यहरु नै छन् । हामीले नेपालको क्रान्तिलाई नयाँ ढंगले अगाडी बढाउनलाई पहल गर्ने छौँ । वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि नयाँ अभ्यासको थालनी गर्ने छौँ । समाजबादबाट सभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार