असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल सुपर लिगः एनएसएलमा आज दुई खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपाल सुपर लिग (एनएसएल) आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् भने दोस्रो खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसी भिड्ने छन्।

पहिलो खेलमा ललितपुर र बुटवल मैदानमा उत्रने छन्। ललितपुरले जारी प्रतियोगितामा एउटा पनि जित निकाल्न सकेको छैन।

अघिल्लो खेलमा पराजय ब्यहोरेको बुटवल ५ अंकसहित तालिकाको चौथो स्थानमा छ।

त्यस्तै दोस्रो खेलमा काठमाडौं र विराटनगर भिड्नेछन्। समान ७ अंक जोडेका दुबै टोली शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रने छन्।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया