असार २४, २०८२ मंगलबार July 8, 2025

इंग्लिस प्रिमियर लिगः स्टर न्यु कासल युनाइटेडसँग ४-२ अन्तरले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको लेस्टर सिटी पराजित भएको छ । शुक्रबार राति भएको खेलमा लेस्टर न्यु कासल युनाइटेडसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

लेस्टरको मैदानमा पाहुना टोली न्यु कासलले २२ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो। ७३ औं मिनेटसम्म चार गोल गरेको न्यु कासलविरुद्ध लेस्टरले त्यसपछि २ गोल फर्काएको थियो ।

२२ औं मिनेटमा जोसेफ विलओकले गोल गर्दै शुरुवात गरेका थिए। ३४ औं मिनेटमा पौल डुमेटले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि दोस्रो हाफमा कलुम विलसनले २ गोल गरेका थिए ।

६४ औ र ७३ औं मिनेटमा उनले लगातार २ गोल गरेपछि न्यु कासलले ४-० गोल अन्तरको अग्रता लिन सफल भयो। मार्स अलब्रिटनले जेम्स भर्डिको पासमा गोल गर्दै अग्रता ४-१ मा झारेको थियो ।

त्यसको ७ मिनेट पछि केलिची इनह्यान्चोले गोल गरेर अग्रता ४-२ मा झारेपनि हार टार्न पर्याप्त बनेन्। यो नतिजासँगै लेस्टर ६३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने विजयी भएको न्यु कासल ३९ अंकका साथ १३ औं स्थानमा रहेको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया