काठमाण्डौः नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् ।
आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ ।
ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ । दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे शुरु हुने छ । लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाडौँ पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया