काठमाण्डौंः पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए फुटबलमा नयाँ रेकर्ड बनाएको खेलमा सासुओलोविरुद्ध युभेन्ट्सले सहज जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा सासुओलोलाई तीन शुन्यले हराउने क्रममा रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन्। यो संगै रोनाल्डोले युभेन्ट्समा १०० गोल पुरा गरेका छन् ।
रोनाल्डोले युभेन्टसका लागि कम खेलमा एक सय गोल पूरा गर्ने रेकर्ड बनाएका हुन्। युभेन्ट्सका लागि अरू दुई गोल राबियोट र पाउलो डिबालाले गरे। सासुओलोका लागि रास्पदोरीले एक गोल फर्काए ।
रोनाल्डोले एक सय ३१औँ खेलमा एक सय गोल पूरा गरेका छन। युभेन्टसमा अनुबन्ध भएको तीन सिजनमा नै उनले गोलको शतक पुरा गरे ।
यसअघि, युभेन्टसका लागि दुई खेलाडीले एक सय गोल पुरा गरेका थिए। जसमा ओमार सिभोरी र रोबेर्टो बाजियो थिए। उनीहरुले पाँच सिजनमा एक सय गोल पुरा गरेका थिए ।
यसका साथै, रोनाल्डोले तीन फरक क्लव र राष्ट्रिय टिमबाट एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनले खेलका म्यानचेस्टर युनाइटेड, रियल मड्रिडबाट पनि गोलको शतक बनाएका थिए । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया