बैसाख १७, २०८३ बिहिबार April 30, 2026

ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भयो : देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमार्फत सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश दिनुपर्ने बताएका छन् । केपी ओली सरकारलाई ‘तिमी गलत बाटोमा छौं, अब सच्चिनुपर्छ’ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्नुपर्ने उनको तर्क छ ।

पोखरा-१६ मा शनिबार आयोजित उपनिर्वाचन लक्षित चुनावी सभालाई सम्वोधन गर्दै देउवाले कम्युनिष्ट सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको, न्यायालय, प्रेस, संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्धत रहेको आरोप लगाएका छन ।
जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि यो निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने उनको जोड छ । देउवाले ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाएका छन ।

‘हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर, हामी साथ दिन्छौं भन्यौं । सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं तर सरकार मौन छ । कानमा तेल हालेर बसिरहेको छ’, उनले भने ।

देउवाले तपस्वी नेता खेमराज पौडेललाई न्याय दिने दायित्ज कास्कीका जनताकोहातमा रहेको बताएका छन ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने स्पष्ट पारेका छन । अनेक भ्रम छरेर अघिल्लो चुनाव जितेपनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेको उनले बताएका छन । उनले भने, ‘खेमराजले चुनाव जितेर सांसद मात्रै बन्दैनन्, अधिनायकवादी कम्युनिष्ट सरकारलाई लोकतान्त्रिक बाटोमा हिडाउन पनि सघाउँछन् ।’

सभामा महामन्त्री डा। सशांक कोइरालाले कम्युनिष्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन खोजेको बताएका छन । ‘सरकार मुलुक, जनता, लोकतन्त्र, संविधानको हितमा छैन । संघीयता, गणतन्त्र, समावेशिताको हितमा छैन’, उनले भने, ‘सरकार सच्चिन पनि यो चुनाव कांग्रेसले जित्न आवश्यक छ ।’

केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा कम्युनिष्ट सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाएका छन ।

युवा नेता गगन थापाले स्व. रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि भोट दिने हो भने त्यो रवीन्द्रप्रति अपमान हुने बताएका छन । हिजोका दिनमा पृथ्वीनारायण शाहको पुस्ता भन्दैमा राजाले छुट पाउन नहुने उनको तर्क थियो ।

कांग्रेस उम्मेदवार खेमराज पौडेलले जनताकै साथमा हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताएका छन ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कुमार खड्का, नेतृ लक्ष्मी पाण्डे लगायतले सभालाई सम्बोधन गरेका छन् । शनिबार नै कांग्रेसमा प्रवेश गरेका वामपन्थी नेता माधवप्रसाद पराजुलीले विपिको प्रजातान्त्रिक समाजवाद अंगीकार गर्दै अघि बढ्नका लागि आफू नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार