जेठ २३, २०८३ शनिबार June 6, 2026

‘हाँसो छैन आँशु मात्र…’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत राजनकुमार कार्कीको गीत रचना र वरिष्ठ कार्यक्रम अधिकृत कीर्ति न्यौपानेको संगीतमा ‘हाँसो छैन आँशु मात्र…’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शिशिर योगीले स्वर र भिडियोमा श्रीदेव भट्टराई र अर्चना रिमाल मुख्य भूमिकामा रहेका छन् भने सहायक भूमिकामा अन्य पात्र र सिनेकर्मी शान्तिप्रियलाई देख्न सकिन्छ ।

म्युजिक भिडियोमा मुलुकमा कामको सम्भावना नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक काम गर्न थालेको कथावस्तुलाई देखाइएको छ ।

ओएसआर डिजिटलको अधिकृत यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोबाट प्राप्त सलामी समाजसेवाका लागि खर्च गरिने गीतकार कार्कीले जानकारी दिनुभयो । सपना लम्सालको सौन्दर्य विन्यास, अजय रेग्मीको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गर्नुभएको हो ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार