असार २३, २०८२ सोमबार July 7, 2025

प्रिमियर लिगः लिभरपुलले म्यान्चेष्टर यूनाइटेडलाई हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रिमियर लिगको अन्तिम चारमा स्थान बनाउन संघर्षरत लिभरपुलले म्यान्चेष्टर यूनाइटेडलाई हराएको छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेष्टर यूनाइटेडमाथि लिभरपुलले पुनरागमन जित हात पारेको हो ।

ओल्ड ट्राफोर्डमा जितसँगै लिभरपुलले वेष्टहमलाई पछाडि धकेल्दै पाँचौं स्थानमा उक्लेको छ । चौथो स्थानको चेलसीको ६४ अङ्क छ । चेलसीभन्दा एक खेल कम खेलेको लिभरपुलले ३५ खेलबाट ६० अङ्क जोडेको छ ।

रङशालाबाहिर प्रशंसकले म्यान्चेष्टर यूनाइटेडको ब्यवस्थापनको तीब्र आलोचना र प्रदर्शन गरिरहँदा खेलको दशौं मिनेटमा ब्रुनो फर्नान्डिसको गोलबाट १–० को अग्रता लियो । तर उक्त अग्रतालाई लामो समयसम्म यूनाइटेडले जोगाउन सकेन । ३४ औं मिनेटमा डिआगो जोटाको गोलबाट लिभरपुलले बराबरी गोल फर्कायो ।

गत् डिसेम्बर महिनामा क्रिष्टल पैलेस बिरुद्ध गरेको गोल यता लयमा नदेखिएका रोबर्टो फिरमिन्होले हाफटाइम अघि र पछि दुई गोल थप्दै लिभरपुललाई ३–१ को अग्रताको स्थितिमा पुर्याएका छन् ।

मार्कस राशफोर्डले दोस्रो हाफको मध्यतिर गोल फर्काउँदा म्यान्चेष्टर यूनाइटेडले खेलमा वापसी गर्यो । तर मोहम्मद सलहले ९० औं मिनेटमा प्रिमियर लिगको जारी संस्करणको आफ्नो २१ औं गोल पुरा गर्दै लिभरपुलको ४–२ को जित सुनिश्चित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया