असार २४, २०८२ मंगलबार July 8, 2025

काठमाडाैं रेजर्स फुटबल क्लब नेपाल सुपर लिगको फाईनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं: काठमाडाैं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ ।

बिहीवार दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर सिटी एफसीलाई ३-० गोलले हराउँदै काठमाडाैं उपाधि नजिकै पुगेको हो ।

काठमाडाैंको जितमा मौसिके ओलोमोउले दुई र स्टेफिन विनोङले एक गोल गरे। खेलको १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै काठमाण्डौले अग्रता बनाएको थियो। यस्तै, काठमाडाैंले २२ औँ र ६० मिनेटमा गोल गर्‍याे ।

अब उपाधिका लागि काठमाडाैंले शनिवार (पर्सि) धनगढी एफसीसँग खेल्नेछ। प्लेअफमा काठमाडाैं धनगढीसँगै पराजित भएको थियो। यस प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया