असार २४, २०८२ मंगलबार July 8, 2025

टी-२० विश्वकपमा २० टोलीलाई खेलाउने आईसीसीको प्रस्ताब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हुँदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ ।

यसै वर्ष भारतमा र अर्को वर्ष अस्ट्रेलियामा टी–२० विश्वकप आयोजना हुँदै छ । आईसीसीले त्यसपछि सन् २०२४ को संस्करणदेखि टी–२० विश्वकपमा सहभागी १६ बाट बढाएर २० पुर्याउन छलफल थालेको छ ।

जसमा २० देशलाई ४ समूहमा विभाजन गरिने योजना छ । यस्तै एकदिवसीय विश्वकपमा १० बाट १४ पु¥याउने आईसीसीको योजना छ । ओलम्पिकमा सहभागिता जनाउनेमा पनि आईसीसी सकरात्मक देखिएको छ । टी–२० विश्वकपमा २० र एकदिवसीयमा १४ देश पुर्याउँदा नेपाललगायतका एसोसिएट देशलाई धेरै फाइदा र सहज हुनेछ । २०१९ मा एकदिवसीय विश्वकपमा १० टोली मात्र प्रतिस्पर्धा गरेका थिए । जसमा जिम्बावे र आयरल्यान्ड जस्ता टेस्ट टोली विश्वकप खेल्न नपाउँदा आईसीसीको चर्काे आलोचना भएको थियो ।

विश्वकपमा १० टोली मात्र हुँदा एसोसिएट देशको लागि सहभागिता एउटा सपना नै बनेको छ । दोस्रो डिभिजनको टेस्ट शैलीले नेपाललगायतका एसोसिएट देशलाई टेस्ट खेल्ने सपना पूरा गर्न धेरै फाइदा पुग्नेछ । नेपाल हाल २०२२ को टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने तयारीमा छ । उक्त विश्वकपमा १६ टोली हुँदा समूह ‘ए’मा रहेको नेपाललाई विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा पर्नुपर्ने हुन्छ । एकदिवसीय विश्वकप छनोट नेपालले आईसीसी विश्वकप लिग–२ खेलेको छ ।

विश्वकप लिग २ मा ७ टोलीबीच २०२३ सम्म प्रतिस्पर्धा हुँदा शीर्ष तीनमा पर्न सके ग्लोबल क्वालिफायरमा सिधैं मौका पाउनेछ । शीर्ष तीनमा पर्न नसके नेपालले क्वालिफायर प्ले अफ खेल्दै शीर्ष दुईमा रहन सके ग्लोबलमा स्थान बनाउने अर्को अवसर पाउनेछ । २०१९ देखि सुरु भएको यस सुपर लिग २ मा नेपालले ४ खेल मात्र खेलेको छ । जसमा २ जित र २ हारको नतिजा रहेको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया