वैशाख १९, २०८१ बुधबार May 1, 2024

यसरी खिच्नुहोस स्मार्ट फोनबाट उत्कृष्ट फोटो ? पाँच टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अहिले आएका अधिकांस मोबाइल फोनहरुमा गतिला क्यामरा पाइन्छन् । तुलनात्मक रुपमा कम मूल्यका स्मार्टफोनका क्यामरा पनि क्षमतावान नै हुन्छन् । त्यसैले तिनीहरुको उपयोगिता महत्वपूर्ण छ ।

स्मार्टफोनबाट खिचिएका अधिकांस फोटोहरु फेसबुक, इन्स्टाग्राम र टि्वटरजस्ता सामाजिक सञ्जालमा पोष्ट गरिन्छन् । त्यसैले यदि तपाईंको फोनको क्यामराले डिएसएलआर जस्तै क्वालिटी दिँदैन भने पनि फरक पर्दैन । तर, तपाईंले फोनबाट फोटो खिच्दा केही कुराहरुमा ध्यान पुर्‍याउनु आवश्यक छ । यहाँ हामी पाँच सजिला टिप्स दिँदैछौ, जसले तपाँईलाई मोबाइलबाट गुणस्तरीय फोटो खिच्न सघाउनेछ ।

फोकसमा थिच्ने

अहिलेका फोन क्यामराहरुमा अटो फोकस फिचर रहेको हुन्छ । यसको अर्थ जब कुनै पर्याप्ट कन्ट्रान्ससहित कुनै अनुहार वा वस्तु फ्रेममा पर्छ, क्यामरा त्यसमा फोकस हुन्छ । यसले तपाईंले खिच्न चाहेको वस्तु फोकसमा छ भन्ने निश्चित गर्छ । तर, कुनै पनि अटो वस्तुहरु जस्तै अटो फोकसले मुख्य वस्तु छुटाउन सक्छ । त्यसैले तपाईंले सबैभन्दा हाइलाइट गर्न खोजेको फ्रेमभित्रको ठाउँलाई औंलाले थिच्नुपर्छ । जब तपाईंले त्यो ठाउँमा थिच्नुहुन्छ, क्यामरा रि-फोकस हुन्छ । ठूला तस्वीरहरुमा यो ट्रिकले निकै काम दिन्छ ।

स्थिर राख्ने

फोनबाट राम्रो फोटो निकाल्ने सबैभन्दा ठूलो ट्रिक भनेको फोनलाई स्थिर राख्नु हो । फोन कम्पनीहरुले आफ्ना क्यामरा अति फास्ट छन् भन्ने दावी गरे तापनि वास्तविकता फरक हुन्छ । महंगो मूल्यका मोबाइलमा रहेका क्यामरा पनि अन्य क्यामराको तुलनामा सुस्त हुन्छन् । केहीले फोकस गर्न ढिलाई गर्छन् त अन्यको खिच्ने स्पिड कम हुन्छ ।

दृष्य कति उज्यालो छ भन्नेमा आधारित रहेर फोन क्यामराले अटोमेटिक खिचाईको स्पिड घटाउँछन्, ताकि बढि उज्यालो कैद गर्न सकियोस । फोटो खिच्दा दृृष्यतर्फ मोबाइल फोनलाई अतिरिक्त एक वा दुई सेकेन्ड स्थिर राखिनु आवश्यक छ । फोनमा फोटो खिचेको देखिइसक्दा पनि थप २ सेकेन्ड फोन स्थिर नै राख्नुपर्छ, विशेषत कम उज्यालो भएको अवस्थामा । यसबाट फोटोको फोकस बढ्छ ।

एक्सपोजर ठीक राख्ने

डिएसएलआरमा पनि नपाइने स्मार्टफोनहरुको सबैभन्दा चाखलाग्दो विशेषता भनेको एकदमै सजिलो तरिकाबाट एक्सपोजर सेट गर्ने क्षमता हो । एक्स्पोजरको मतलब क्यामराले कति प्रकाश कैद गर्न गइरहेको छ भन्ने हो र राम्रो फोटोहरुको लागि यो ठीक्क हुनुपर्छ, न बढी न कम ।

सामान्यतया फोनहरुले आफैं एक्सपोजर सेट गर्छन् । तर सम्पूर्ण दृष्यमा प्रकाशको हिसाब गरेपछि यिनीहरुले गर्छन् । तर यदि तपाईंले सेतो टेबलमाथि एउटा गाढा खैरो चकलेट केकको फोटो खिच्नुपर्‍यो भने के गर्नुहुन्छ ? यस्तो अवस्थामा स्क्रिनभित्र त्यो अंशलाई ट्याप गर्नुस्, जहाँ वस्तु रहेको छ । यसले फोनलाई मुख्य वस्तुको आधारमा एक्स्पोजरको पुनः क्याल्कुलेसन गर्न भन्छ ।

कम्पोज

राम्रा फोटोहरुमा केही समानता हुन्छन् र केही संयोजन । त्यसैले फेाटो खिच्नु अगाडि दृष्यमा ध्यान दिनुस र यसलाई राम्रो देखिने गरी फ्रेममा कैद गर्नुस् । अब, कम्पोज भनेको चाहिँ त्यो हो, जुन हरेक फोटोग्राफरले फरक तरिकाले गर्छन् । यो फोटोग्राफीको सिर्जनात्मक पाटो हो । तर, यसमा केही साधारण नियमहरु छन् जसलाई तपाईं प्रयोग गर्न सक्नुहुन्छ ।

एउटा नियम के हो भने तपाईं तपाईं वस्तुसँग नजिक हुनुपर्छ, विशेषतः ठूला फोटो र पोट्रेटको हकमा । यो वस्तुले फ्रेमलाई ढाक्नको निम्ति हो । दोस्रो कुरा, धेरै वस्तुहरु एकैचोटि कैद गर्न खोज्नु हुँदैन । तपाइर्ंंले खिच्न चाहेको वस्तु वा व्यक्ति छुट्टनिुपर्छ । तेस्रो कुरा, छविको पूर्णता महशुस हुनुपर्छ । कुनै पनि तत्वलाई हतारमा काट्नु हुँदैन ।

एचडीआर प्रयोग

एचडीआर मोडलाई कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेमा फोन निर्माताहरु अझै पनि गृहकार्य गर्दैछन् । तर, यदि तपाईंसँग नेक्सस जस्तो फोन छ जसमा उत्कृट एचडीआर मोड छ भने तपाईंले त्यसको उपयोग गर्नुपर्छ । एचडीआर मोडले तस्बिरमा राम्रो कन्ट्रास्ट दिन्छ भने कम प्रकाशमा उपयोगी फोटोहरु खिच्न तपाईंलाई सघाउँछ । धेरैजसो महंगा फोनहरु अटो-एचडीआर मोडसहित आउँछन् ।

सामान्यतया तपाईंले यसलाई डिफल्टको रुपमा छोडिदिनुपर्छ । तर, यदि तपाईंको फोनमा अटो एचडीआर मोड छैन भने प्रत्येक पटक कम प्रकाश वा उच्च कन्ट्रास्ट दृष्यहरु (उदाहरणका लागि सुर्यास्त) मा फोटो खिच्दा आफैंले यो मोडमा लैजानुस् । अनलाईनखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया