बैसाख १७, २०८३ बिहिबार April 30, 2026

नक्शाबारे सभापतिज्यूको प्रधानमन्त्रीमाथि आंशका मात्र हो: कांग्रेस प्रवक्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको गम्भिर आरोप विवादित बनेपछि प्रवक्ता विश्वप्रकाश शर्माले रफु भर्ने प्रयास गरेका छन् । भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर सभापतिले आशंका मात्र गरेको उनको भनाइ छ ।

सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘यो सभापति ज्यूको आशंका मात्र हो, पार्टीको ठहर होइन ।’ उनले सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न सुझाव दिएका छन ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन छिटो पहल गर्न भनेको स्मरण गर्दै शर्माले भने, ‘सरकारले देउवालाई जवाफ दिइरहनु पर्दैन, सीधै मोदीसँग कुरा गरे हुन्छ ।’

सबै दलले पटक(पटक भारतसँग छिटो वार्ता गर्न भन्दा पनि प्रधानमन्त्री ओलीले नगरेकाले आशंका गरिएको कांग्रेस प्रवक्ता शर्माको भनाइ छ ।

७ मंसिरमा कास्की क्षेत्रनम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग सहमती गरेरै भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए । देउवाले बोलेको भोलिपल्टै पोखरामा आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले टनकपुर, गण्डकी, कोशी सम्झौताबारे देउवाले जवाफ दिनुपर्ने बताएका थिए ।

घरबाट निस्कँदा छोरीले देशको नक्सा बदलिएको भनेर आफूलाई सोधेको स्मरण गर्दै शर्माले अहिले धेरै छोरीहरूको मनमा जिज्ञासा रहेको बताएका छन ।

सरकारले ३ दिनमा देशको नक्सा छापेर सार्वजनिक गर्नुपर्ने बताउँदै उनले सरकारले नसके त्यो काम गर्न कांग्रेस तयार रहेको बताएका छन ।

भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भन्दै कूटनीतिक नोट भारत पठाइसकेको जनाएको छ ।

भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भन्दै कूटनीतिक नोट भारत पठाइसकेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार